
हुलाकी न्यूज, काठमाडौं ६ चैत । जनकपुरबाट काठमाडौंमा रहेकाहरुको नवगठित संस्था ‘जनकपुरिया’ले शनिबार काठमाडौंमा होली मिलन समारोहको आयोजना गरेको थियो ।
समारोहका प्रमुख अतिथि थिए नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादव र विशिष्ट अतिथिहरु थिए पूर्वप्रधानन्यायाधीश रामकुमार प्रसाद साह ।
बालकुमारीस्थित रोज बैक्वेटमा भएको उक्त समारोहमा ५ सयभन्दा अधिक जनकपुरियाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमका लागि लक्की ज्वेलर्सले आर्थिक सहयोग गरेको थियो ।
जनकपुरियाका संयोजन संजय ढुँगानाले गरेका छन् ।
चुरे जोगाउन साथ देउ : पूर्वराष्ट्रपति यादव
जनकपुरलाई जोगाउन चुरे जोगाउनु पर्ने आवश्यक रहेको बताउँदै पूर्वराष्ट्रपति डा.रामबरण यादवले चुरेलाई जोगाउन युवाहरुको साथ मागेका छन् ।
कार्यक्रममा बोल्दै डा.यादवले जनकपुर क्षेत्रमा पानी सुक्दै गएको बताउँदै पानी संरक्षणका लागि चुरे जोगाउन आफुले केही दिनभित्रै नयाँ कार्यक्रम ल्याउने बताए ।
डा.यादवले आफुलाई उक्त कार्यक्रममा जनकपुर र त्यस क्षेत्रका युवाहरुको सहयोग पनि आवश्यक रहेको बताए ।

पूर्वप्रधानन्यायाशीश रामकुमार प्रसाद साह




