
हुलाकी न्यूज, जनकपुरधाम ५ चैत । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा र महाबीर युवा कमिटी जनकपुरले संयुक्त रुपमा रक्तदान कार्यक्रम गर्न लागेको छ ।
आइतबार (चैत ७ गते) जनकपुरधामको जिरोमाईलमा रक्तदान कार्यक्रम गर्न लागिएको महाबीर युवा कमिटीका अध्यक्ष धर्मेन्द्र साहले बताए ।
उनका अनुसार दुर्घटनामा परेको व्यक्तिहरुको जीवन रक्षार्थ आइतबार विहान ७ बजेदेखि रक्तदान कार्यक्रम गर्न लागिएको हो ।
संयुक्त युवा संघर्ष समिति जनकपुरका संयोजक पनि रहेका साहले रक्तदान कार्यक्रममा सहभागी हुन सर्वसाधारणहरुलाई आग्रह गरेका छन् ।



