china

हुलाकी न्यूज, काठमाडौं ४ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले शुक्रबार चिनियाँ राजदुतलाई मधेशी–आदिवासी–जनजातिहरुका माग बारे ध्यानाकर्षण गराउने भएको छ ।

शुक्रबार विहान ९ बजे चिनियाँ दुतावासमा मोर्चा र गठबन्धनका नेताहरुले राजदुतलाई भेट्ने कार्यक्रम रहेको संघीय समाजवादी फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले हुलाकी न्यूजलाई बताए ।

श्रेष्ठका अनुसार भेटघाटमा जारी भएको संविधानमा मधेशी–आदिवासी जनजातिलगायतका सीमान्तकृत समुदायको माग सम्बोधन नभएको कुरा राखिनेछ ।

उनले गठबन्धनका सम्पूर्ण पक्षका नेताहरु सहभागी हुने र आफ्ना कुरा राख्ने जनाए ।

नेपालका प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणलाई मध्यनजर गरी चिनियाँ सरकारलाई नेपालको यर्थातता बारे जानकारी गराउन लागिएको श्रेष्ठको कथन छ ।

श्रेष्ठले चीनको विरुद्ध मधेशी मोर्चा वा संघीय गठबन्धनले कुनै कार्य गर्न नलागेको भन्दै नेपाली मिडियाहरुले गलत प्रचार गरेको समेत दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.