Kalaiya_murder
हुलाकी न्यूज, कलैया ४ चैत । बारा जिल्लाको सदरमुकाम कलैयामा विहीबार विहान सन्तोष साहको लास भेट्यो । उनको घाँटी थिचि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

उनको लास कलैया नगरपालिका वडा १ को बाटो छेउमा राखिएको थियो । कलैया ६ मोतीबागका साहको लास अहिले जिल्ला अस्पताल कलैयामा राखिएको छ ।

हुलाकी न्यूज सहकर्मी संजय तिवारीका अनुसार प्रहरीले केहीबरे अघिसम्म करिब आधा दर्जन युवाहरुलाई पक्राउ गरेको छ । उनका अनुसार प्रहरीले हत्या बारे विस्तृत जानकारी साँझ पत्रकार सम्मेलनमार्फत दिनेछ ।

कलैयाका स्थानीयवासी तथा मृतक साहका मित्रहरुका अनुसार लास भेटिएकै आसपासका एक युवतीसँग उनको प्रेम चल्दै आएको थियो ।

उनीहरुका अनुसार गएराती साह प्रेमीकालाई भेट्न गएका थिए । विहान मृत अवस्थामा फेला परे ।

यसअघि पनि बारामा प्रेमीका भेट्न गएका युवक मृत फेला परेका थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.