Janaki_tempal
हुलाकी न्यूज, जनकपुरधाम ३ चैत्र । होली पर्वलाई मध्यनजर गरी जनकपुरधाममा तीन दिनसम्म दारु र मान्स बेच्न नपाइने भएको छ ।

बुधबार विहान जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको स्थानीय सुरक्षा निकायसहित सर्वपक्षीय बैठकले चैत ९, १० र ११ गते जनकपुरधाम तथा आसपासका क्षेत्रमा माधक पदार्थ तथा माछामासु बेच्न नपाइने निर्णय गरेको छ ।

होलीमा शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले सम्पूर्ण पक्षसँग आग्रह गरेको संयुक्त युवा संघर्ष समिति जनकपुरका संयोजक धर्मेन्द्र साहले हुलाकी न्यूजलाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.