हुलाकी न्यूज, काठमाडौं २ चैत । स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरुले प्रहरी हिरासतमा पिसाव फेर्न पनि नदिइएको गुनासो गरेका छन् ।
स्वतन्त्र मधेश गठबन्धनले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बोल्ने कार्यकर्ताहरुले प्रहरी हिरासतमा पिसाव फेर्न पनि जान नदिने गरेको र गए पनि गाली बेइजती गर्ने गरेको बताए ।
डा.सीके राउतका कार्यकर्ता मो.उस्मानले आफूहरुलाई प्रहरी हिरासतभित्र पिसाव फेर्न पनि समस्या गरेको बताए । उनले आफूहरु प्रहरी हिरासतमा हुँदा सुरक्षाकर्मीहरुले अमानवीय व्यवहार गर्नुका साथै ज्यान मार्ने धम्कीसमेत दिएको पत्रकार सम्मेलनमा जानकारी दिए । उस्मानले एक सुरक्षाकर्मीको भनाईलाई उदृत गर्दै भने, ‘अब यो देशमा नेपाली सेना परिचालन हुन्छ र सीके राउतजस्ता विखण्डनकारीलाई तह लगाउँछन् ।’
सप्तरी जिल्लाको राजविराज र भारदहबाट पक्राउ परेका गठबन्धनका कार्यकर्ताहरु सोमबार विशेष अदालतबाट २५–२५ हजार धरौटी तिरेर रिहा भएपछि मंगलबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरी उनीहरुले मधेशलाई नेपाली राज्यको उपनिवेशबाट मुक्त गराएरै छाड्ने चेतावनी दिएका हुन् ।
त्यसैगरी, कार्यक्रममा गठबन्धनका नेता श्यामसुन्दर मण्डलले आफूहरु महात्मा गान्धीको मार्गबाट नै शान्तिपूर्णरुपले मधेशलाई स्वतन्त्र बनाउने दाबी गरेका छन् । उनले आफूहरुलाई राज्यसत्ताले जति पनि विखण्डनकारी भनेपनि आफूहरुले उठाएको माग सही नै रहेको जिकिर गरेका छन् ।
यस्तै, कार्यक्रममा गठबन्धनका केन्द्रीय सदस्य डा. वीरेन्द्र यादवले लोकतान्त्रिक माध्यमबाट मधेशलाई स्वतन्त्र गराउने बताए ।





मधेसमा मरेको एक जना हल्दारको लागि त्यत्रो 28जना लाई कर्यबाही गर्ने सरकार अदालतले त्यत्रो मधेसी मर्ने लाई केगर्ने भएछत