
हुलाकी न्यूज, दाङ, २९ फागुन । दाङमा विहिबार राति एक युवतिमाथि एसिड आक्रमण भएको छ ।
घोराही नगरपालिका २ गुलरियाकी ३२ वर्षीया रिता चौधरीमाथि एसिड प्रहार भएको हो । आफ्नै किराना पसलमा बसिरहेको बेलामा दुई अपरिचित व्यक्तिले उनीमाथि एसिड प्रहार गरेका थिए ।
एसिडबाट चौधरीको दायाँ गाला र गर्धन पोलेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
एसिड आक्रमणबाट घाइते चौधरीलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको बुझिएको छ ।
एसिड प्रहार गर्नेको पहिचान भइ नसकेको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी कुबेर कडायतले बताए ।
(File Photo)



