हुलाकी न्यूज, रौतहट २ चैत्र । नयाँ संरचनाअनुसार जिल्ला विकास समितिलाई जिल्ला समन्वय समितिमा परिणत गरिएको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विरोध जनाएको छ ।

जिल्ला विकास समितिको बोर्ड हटाएर जिल्ला समन्वय समितिको बोर्ड राख्न रोख्दा रौतहटमा मोर्चाका कार्यकर्ताहरुले अवरोध गरेका छन् ।

नेपाल सद्भावना पार्टीका नेता अनिल सिंहले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार बुधबार जिविसका कर्मचारीहरुले बोर्ड परिर्वतन गर्न खोज्दा मोर्चाले अवरोध गरी बोर्ड तोडफोड गरेका छन् ।

त्यस्तै, औरैया र मौलापुरमा नयाँ संरचनाअनुसार कार्यालयहरु स्थापना गर्न खोज्दा मोर्चाले अवरोध गरेको छ ।

मधेशी मोर्चाको माग सम्बोधन नभएसम्म कुनै पनि नयाँ संरचना स्वीकार नगर्ने मोर्चाका नेताहरुले बताउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.