
सिबेन्द्र रोहिता, जनकपुरधाम २ चैत्र । ट्रयाक्टरको स्टेरिङ फेल हुँदा धनुषामा तीन जना बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् । धनुषा जिल्लाको गोठकोयलपुर वडा नम्बर ९ मा इटा लिएर आउँदै गरेको ट्रयाक्टरको स्टेरिङ फेल भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बृजमोहन यादवको ज १ त ३६२२ नम्बरको ट्याक्रको स्ट्रडिंग फेल भएर पल्टिदा बालिकाहरुको मृत्यु भएपछि चालक फरार रहेको यदुकोहा प्रहरी कार्यालयका इन्सपेक्टर पवन झाले हुलाकी न्यूजलाई बताए ।
दुर्घटनामा गोठकोयलपुर ९ का सोखीलाल साफीकी तीन वर्षीया छोरी सविता साफी, श्याम साफीकी पाँच वार्षीया छोरी संजिता साफी र ठेकुवा साफीकी ५ वर्षकी छोरी प्रिया साफीको मृत्यु भएको हो । त्यस्तै, सिता साफी भने घाइते भएकी छन् ।
इन्सपेक्टर झाका अनुसार सडक छेउमा शौच गरिरहेकी उनीहरुमाथि ट्रयाक्टर पल्टिएको थियो ।



