परिष कर्ण , राजविराज ५ आश्विन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक राजविराजमा आज २ बाट सुरु हुनु भनिएपछि केही ढिलो गरी सुरु भएको छ । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर ढिलोगरी राजविराज पुगेकोले बैठक ढिलो गरी सुरु भएको हो । संविधान जारी भएपछिको अवस्था विश्लेषण गर्न र अबको रणनीति तय गर्न बैठक बस्न लागेको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले हुलाकी न्यूजलाई बताएका छन् ।

बैठकमा सहभागी हुन मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सोमबार नै राजविराज आइपुगेका छन् । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावनाका अध्यक्ष राजेन्द्र महतो, तराई–मधेश सद्भावनाका अध्यक्ष महेन्द्र राय यादवसहितका नेताहरु आईरहेको संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश यादव हुलाकी न्यूजलाई जानकारी दिए ।
बैठकमा नेकपा माओवादीका संयोजक मातृका यादव र तराई–मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ता पनि सहभागी हुने सम्भावना रहेको मोर्चा निकट श्रोतले जनाएको छ । यद्यपी संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र साहले उनीहरु सहभागी नहुने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.