
हुलाकी न्यूज, काठमाण्डौ, २५ फागुन । बुधबार १०७ औं अन्तराष्ट्रिय महिला दिवसमा काठमाण्डौको विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरि महिला दिवस मनाइयो । त्यसै क्रममा हुलाकी न्यूजकी रिपोर्टर अर्कना खातुनले दुई जना मधेशकी बुहारीहरु भेटेर महिला दिवस बारे उनीहरुसंग गरेको कुराकानी,
३६५ दिनले त ३३ प्रतिशत महिलालाई समेटेको छैन्, भने एक दिनको नारी दिवसले के नेपालकै सय प्रतिशत महिलालाई समेट्छ त ?
जनकपूरकी बुहारी समीता देवि महतोलाई सोधे अन्तराष्ट्रिय महिला दिवस कसरी मनाउँनु भयो भँदा उनले भनिन, ‘एक दिनको नारी दिवस शहर भन्दा बरु गाउँका महिलाले मनाउँदा अर्थपूर्ण हुन्थ्यो कि ? आजका शहरका प्राय महिला सशक्त नै पाइन्छ । तर नारी दिवस भनेकै के हो, ग्रामिण भेगमा कतिलाई थाहा छ र ? ३६५ दिनले त ३३ प्रतिशत महिलालाई समेटेको छैन्, भने एक दिनको नारी दिवसले के नेपालकै सय प्रतिशत महिलालाई समेट्छ त ?

सुरुका दिनहरुमा गृहिणी र अफिस दुवै बुझेकी थिइन् । सुरुको दुई वर्ष त लाटोकोसेरो झै हेरेर मात्र बस्थे । स्टाफहरुले काम गरेको ध्यान दिएर हेर्थे र सिक्थे ।
७ क्लाससम्म मात्र पढकी आज एम.डि भएर काम गर्छु
सत्र वर्ष हुँदा जनकपुरमा विहे भयो । विवाह पश्चात श्रीमानसंग काठमाण्डौ आइयो । काठमाण्डौ मै दुईवटा छोरा जन्मियो । आफु गाउँको केहि नजान्ने नबुझ्ने सोझो थिए । तर, श्रीमान र उनका दुई जना मिल्ने साथी को हौसलाले आज ७ क्लाससम्म मात्र पढकी एड्भरटाइजिङ हाउसको म्यानेजिङ डाइटेक्टर भएर काम बुझ्ने र सम्हाल्ने भएको छु । श्रीमानले रुट्स एड्भटाइजिङ मिडिया हाउस भर्खरै मात्र खोल्नुभएको थियो । तर, श्रीमान दिन भरि अरु काममा व्यस्थ मिडिया हाउस हेर्न नभ्याउने । सुरुका दिनहरुमा गृहिणी र अफिस दुवै बुझेकी थिइन् । सुरुको दुई वर्ष त लाटोकोसेरो झै हेरेर मात्र बस्थे । स्टाफहरुले काम गरेको ध्यान दिएर हेर्थे र सिक्थे । अबुझ भएकोले कसरी सिक्ने पनि थाभएन । तर पनि हार मानिन । हेर्ने र सिकने क्रममा एक दिन त एकाउण्टमा हिनामिना भएको देखे । पछि लाग्यो होइन केहि गर्न नजाने पनि कमसेकम कसले कति पैसा दियो र लग्यो त लेख्न सकिहाल्छु नि । लाग्थ्यो के गरि श्रीमानलाई हेल्प गरु । आफुलाई काम गर्नु भन्दा पनि श्रीमानलाई सहयोग गर्नु थियो । अलि अलि जाने भएपछि जरुरत भन्द पनि आवश्यक्ता भयो मेरो सहभागिता । तर पछि, श्रीमानलाई मेरो काम गराइले सहज भएपछि बिस्तारै खुसी भएर वाहाँले काम गर्न सिकाउँनु भयो ।
श्रीमानलाई थाहै नदिई कम्प्यूटर सिक्न जान्थे
बिस्तारै कामहरु जानिसकेको थिए । तर कम्प्यूटरको जमाना थियो । सबै हिसाब किताब, ट्याली कम्प्यूटरबाटै हुन्थ्यो । आफुलाई नआउँने । सिक्ने रहर जाग्यो । सोधपुछ गरेर कुपण्डोल देखि बानेश्वर श्रीमानलाई नभनि ट्यालि सिक्न गए । घर, अफिस, सिकाइ र बच्चा हेर्न अलि ब्यालेन्स गर्न गर्हो भो । त्यसै क्रममा एक दिन अफिममा क्लाइन्ट आउँदा म उपस्थित नरहेको उनले थापाउँनु भयो । मेरो सिक्ने रहर देखेर उनी खुसी नै हुनु भयो । भोली पल्ट कम्प्यूटर सिकाउँन घरमै टिचर बोलाउँनु भयो । र, त्यसरी मैले धेरै काम सिके । अनि आजसम्म खुसिसाथ सम्हाल्दै आएको छु । बच्चाहरु पनि ठूला भए नजानेका उनीहरुले पनि सिकाउँछन् । आज नौ वर्ष भयो । खुसी लाग्छ ।

नारी भनेपछि बराबरीको हकमा हुनु पर्छ । त्यसको लागि मागेर होइन क्षमतावान हुनु पर्छ । माग्नुको अर्थ नै हेल्प लिनु हो त्यसैले क्षमता, सीप हुनैपर्छ ।
त्यसैगरि अर्का तिर हेटौडाकी संगीता साहले भन्छिन्, नारी भनेपछि बराबरीको हकमा हुनु पर्छ । त्यसको लागि मागेर होइन क्षमतावान हुनु पर्छ । माग्नुको अर्थ नै हेल्प लिनु हो त्यसैले क्षमता, सीप हुनैपर्छ । इच्छा भएर पनि घरायसी कामहरुमा अल्झाएर राखेकोले गर्न नसक्ने मनोस्तिथिको बनाइदिएका हुन्छन् । त्यसैले पछाडिबाट हरेक महिलालाई पुस गर्नैपर्ने सपोर्टिभ हेन्डसहरु चाहिन्छ ।
सिक्ने बितिकै आफैले पढाउँने प्रस्ताव राखे
संगीता विवाह पछि काठमाण्डौ आएर श्रीमानको सहयोगले १२ वर्ष अगाडि लगनखेलको मोनालिजा इन्स्टिच्यूटबाट बेकरी बनाउँन सिकिन् । लगतै सिकेको ठाउँमै उनले के म पनि क्लास दिन सक्छु भनि सरलाई प्रस्ताव राखिन् । सर छक्क पर्नुभो । सक्छौ । मैले एकदमै कनफिडेन्टका साथ सक्छु भने । मैसंग पढेको साथीको केहि क्लासहरु छुटेको थियो । मेरै साथीलाई पनि पढाए ।
बेकरी बनाउँन सिकाको इन्ष्टिच्यूटबाटै पहिलो क्लासको आठ सय पाएको थिए । त्यस दिन देखि मेरो जिवनको अर्को जन्म भयो जुन धेरै आनन्द र रमाउँने खालको थियो ।
आठ सय तलबमा सुरु गरेको आज ३५ हजारसम्म कमाउँछु महिनाको
बेकरी बनाउँन सिकाको इन्ष्टिच्यूटबाटै पहिलो क्लासको आठ सय पाएको थिए । त्यस दिन देखि मेरो जिवनको अर्को जन्म भयो जुन धेरै आनन्द र रमाउँने खालको थियो । कन्फिडेन्ट लेभल बड्दै गयो । अहिले सम्ममा लगभग १५ बटा इन्ष्टिच्यूट र कलेजहरुमा बेकरी पढाए । आज पनि बेचलर इन होटेल मेनेजमेन्ट (बिएचएम) कलेजहरुमा पढाउँछु । सीप छ त्यसैले पढाउँछु । त्यसैले सीप जे मा भए पनि हुनै पर्छ । सीप छ भने केहिले पनि कसैले छेक्न सक्दैन् । उमेरले पनि । मलाई काम भएसि भोक पनि लाग्दैन । ४९ वर्ष भैसक्यो पढाउँन आज पनि उतिकै रमाउँदै छु । मैले पढाएको विद्यार्थीहरुले आज आफ्नै फ्याक्ट्री खोलिसकेको छ । कति अस्ट्रेलिया गएर राम्रै गर्दैछन् । पढाउँदा पनि राम्रै कमाइन्छ र पढेर काम गर्दा पनि राम्रै कमाइन्छ ।
छोरी हुनेजेल ग्राजुएसन गरे बुहारी भएपछि श्रीमानको सहयोगले कमाउँन थाले
मलाई इच्छाहरु त पहिले देखि नै थियो केहि गर्न । उहिलको पालामा डाक्टर वा इन्जिनियरले मात्र काम गर्छन् भन्ने मान्यता थियो । तर आज सीप भएसि सर्भाइभ हुन गाह्रो छैन् । भान्साबाट पनि कमाउन र बाच्न सकिन्छ । बुहारी भएर काम गर्न र कमाउँन सफल भए । खुसी र सन्तुष्टि छु ।



