हुलाकी न्यूज, सप्तरी २५ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले एामाले समर्थकहरुलाई सामाजिक बहिष्कार गर्ने निर्णय गरेको छ ।
मधेशी मोर्चा सप्तरीको मंगलबार बसेको बैठकले सप्तरी जिल्लामा एमाले समर्थकहरुलाई सामाजिक बहिष्कार गर्ने आह्वान गरेको हो ।
मधेशी मोर्चा सप्तरीले सप्तरी जिल्लाका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्थान, उद्योग व्यवसायसहित अनिश्चित आमहडतालको समेत गरेको छ ।



