हुलाकी न्यूज, काठमाडौं २५ फागुन । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सप्तरी घटनाको सरकारले जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

डा. भट्टराईले मंगलबार विज्ञप्ति जारी गरी एमालेको अहंकार र सरकारी लाचारीको परिणाम सप्तरी घटना भएको बताएका छन् ।

उनले संविधानमाथिको असन्तुष्टिलाई नदेख्ने प्रमुख प्रतिपक्षी एमालेको घमण्ड र हठले राजनीतिक सहमतिमा अवरोध खडा गरिरहेको आरोप लगाएका छन् ।

दलीय उत्तेजना, एमालेको अहंकार र सरकारी लाचारीको परिणाम सप्तरी घटना भएको नयाँ शक्तिको निष्कर्ष रहेको छ ।

डा. भट्टराईले मधेशकेन्द्रिय दलहरुलाई पनि सम्वादमार्फत समाधान खोज्न आहृवान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.