भैरहवा, २४ फागुन । सोमबार नेकपा एमालेद्वारा सप्तरीमा आयोजित मेची महाकाली अभियानको नाममा मधेशी समुदायका सर्वसाधारण नागरिकलाई गोली हानी हत्या गरिएको र घाइते बनाइएको भन्दै नेकपा (माओवादी केन्द्र) निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल प्रदेश नं. ५ ले भर्त्सना गरेको छ ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल प्रदेश नं. ५ ले प्रहरी प्रशासनले अमानवीय तरिकाले सर्वसाधारण मधेशीको हत्या भएको कुरा निकै दुःखद भएको बताएको छ ।

मोर्चा प्रदेश नं. ५ का इन्चार्ज विनोद कुमार उपाध्याय र संयोजक हिरा केवट (राहुल) द्धारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा गृहमन्त्रीको राजीनामा र दोषीहरु माथि कडा कारवाही माग गरिएको छ ।

मधेशको मुद्दालाई तत्काल संबोधन गरी मधेशको समस्या समाधान गर्न पनि मोर्चाले जोडदार रुपमा माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.