जीतेन्द्र कुमार राम, धनुषा २४ फागुन । धनुषामा एक ज्वाइँको मृत शव ससुराली गाउँमै फेला परेको छ । महोत्तरी जिल्लाको पकरिया स्थितका अन्दाजी वर्ष ३० को चन्देश्वर सदाको हत्या भएको हो ।

दुई तीन दिन अगाबै ससुराली पुगेका सदा गत बुधबार सांझ वेपता भएका थिए भने सदाको शव सोमबार दिउँसो सवैला नगरपालिका १ बर्कुरबा सडकखण्ड अन्तर्गत रहेको नहरमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको हो ।

हत्या गरेर खादमलको बोराका हाली अन्यत्र फालिएको अवस्था फेला परेको थियो । सदाका ससुरा बसन्त सदाका अनुसार गत बुधबार घरबाहिर निस्केको र बेपता भएका थिए ।

बिहिवार बिहान देखजतलास गर्दा नभेटिएपछि घर परिवार भौतारिएका थिए । सोमबार सवैला बजार आनजानको क्रममा दिउँसो बजार आउनेहरुले हेर्दा हल्लागुल्ला भइ फेला परेको जनाएको छ ।

कसरी र किन हत्या भएको बिषयमा अनुसन्धान भइरहेको सबैला ईलाका प्रहरीका प्रहरी निरीक्षक बिजय कुमार यादवले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.