हुलाकी न्यूज, जनकपुरधाम २४ फाल्गुण । डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले मधेशी जनताको ज्यान जोगाउनका लागि स्वतन्त्र मधेश गठबन्धनको विकल्प नरहेको जनाएको छ ।
स्वतन्त्र मधेश गठबन्धन धनुषाका संयोजक रामशंकर महासेठले मंगलबार एक विज्ञप्ति जारी गरी स्वतन्त्र मधेश गठबन्धनका लागि संघर्ष गर्न आह्वान गरेका छन् ।
मधेशको भूमि र मधेशी हक अधिकारका निम्ति आफ्नो अमुल्य ज्यान उत्सर्ग गर्ने वीर मधेशी शहिदहरू प्रति स्वतन्त्र मधेश गठबंधन हार्दिक संवेदना एवं भावपूर्ण श्रदांजली अर्पण गरेको छ ।
‘सप्तरी घटनाले पुनः प्रमाणित गरिदिएको छ कि मधेशी जनतालाई जोगाउन स्वतन्त्र मधेशको बिकल्प रहेको छैन । स्वतन्त्र मधेश गठबन्धनको सिद्धान्तसँग आवद्ध भई एकताबद्ध संघर्ष गर्न अनिवार्य रहेकाले यसप्रति गम्भीर बन्न र आवश्यक पहलकदमी लिन गठबन्धन सबैमा विनम्र अनुरोध गर्न चाहन्छ ।’ विज्ञप्तिमा उल्लेख छ ।




जय मधेश जय स्वराज