हुलाकी न्यूज, जनकपुर २४ फागुन । नेपाल कम्यूनिष्ट पार्टी एमालेद्वारा आयोजित तथाकथित मेची–काली राष्ट्रिय अभियान अन्तर्गत सोमबार सप्तरीको राजविराजमा हुने सभाको विरोध गर्दै विहानैदेखि मोर्चाका कार्यकर्ताहरू चौक, सडक र चौराहाहरूमा उपस्थित भई कालो झण्डा सहित विरोध प्रदर्शण गरिरहेका थिए ।
एमालेका नेताहरूद्वारा संविधान निर्माणका क्रममा सार्वजनिक अभिव्यक्तिहरूका कारण आम मधेशीहरू आक्रोशित रहेको र एमालेको मेची–काली अभियानमा दूर्घटना हुन सक्ने प्रवल संभावनाका बारेमा जान्दा जान्दै परिस्थितिलाई सहज बनाउनुको सट्टा जबरजस्ती सो अभियान चलाइएको सहज अनुमान लगाउन सकिन्छ ।
परिस्थितिको गम्भीरतालाई एमालेले बुझ्न नसक्दा र मोर्चाद्वारा समेत कार्यकर्ताहरूलाई संयमित र नियन्त्रणमा राख्न नसक्दा हिंसात्मक घटना घटन गएको छ ।
नेपाल प्रहरीद्वारा चलाईएको गोलीबाट ७ मधेशीको ज्यान गएको छ भने दर्जनौं मधेशीहरू गम्भीर घाईते बनेका छन ।
गोलीबाट ज्यान जानेहरूमा सप्तरी मलेठ–२का रञ्जन मेहता, दीगम्बर यादव, पीताम्बर मण्डल, आनन्द साह, अजय साह, अवधेश ठाकुर र संजय मेहता रहेका छन् ।
सप्तरीको राजविराजमा नेपाल प्रहरीद्वारा मधेशी नागरिकहरू माथि घटाईएको बर्बर दमन र नरसंहारको स्वतन्त्र मधेश गठबंधन घोर विरोध र भर्त्सना गरेको छ ।
बारम्बार मधेशी जनतामाथि नेपाली राज्यबाट घटाइने यस्ता अमानवीय, अपराधिक एवं निरंकुश घटनाहरू प्रति गम्भीर ध्यान दिन, घटनाको छानवीन गरी दोषी उपर कड़ा कारवाही गर्न गराउन सम्बन्धित नागरिक समाज, पत्रकार, अधिकारवादी संघ(संस्था, सरकारी निकाय, नेपाल सरकार लगायत सम्पूर्ण सम्बद्ध निकायहरूमा स्वतन्त्र मधेश गठबंधन गम्भीर ध्यान आकृष्ट गराएको छ ।
यसका अलावा विरोधमा उत्रिएका राजनैतिक दल तथा मोर्चालाई संयमित रही लोकतान्त्रिक मूल्य मान्यता आधारित शान्तिपूर्ण एवं अहिंसात्मक मार्गको अवलम्बन गर्दै विरोध, नारा, जुलूस, रैली गर्न आग्रह गर्दै एमाले पार्टीद्वारा आयोजित तथाकथित मेची(काली राष्ट्रिय अभियान तत्काल स्थगन गरी थप जन(धनको क्षती हुन नदिने तर्फ पहलकदमी लिन स्वतन्त्र मधेश गठबन्धनले आग्रह गरेको छ ।
यस घटनाले पुनः प्रामाणित गरेको छ की मधेशी जनतालाई बचाऊन स्वतन्त्र मधेशको बिकल्प नरहेकोले मधेशी मोर्चालाई स्वतन्त्र मधेशका लागी शांतिपूर्ण आन्दोलनमा सहभागी हुन गठबन्धनले आग्रह गरेको छ ।




point to be noted::
स्थिति लगभग सामान्यजस्तै बनिसकेको थियो । मोर्चा कार्यकर्ताहरु एकै ठाउँमा बसिरहेका थिए । त्यही क्रममा प्रहरी भएतिरबाट तीन/चार जनाको संख्यामा मोर्चा कार्यकर्ता भएतिर ढुंगा हान्न शुरु गरियो । प्रहरीतिरै रहेका एमाले कार्यकर्ताहरुले एक्कासी ढुँगा फ्याँक्न शुरु गरेपछि मोर्चा कार्यकर्ताहरु आक्रोशित भए ।
एमाले कार्यकर्ताहरुले करिब पाँच मिनेटसम्म मोर्चातिर ढुंगा हानेपछि प्रहरीले केहीलाई साइड लगायो । तर, पनि एमाले कार्यकर्ताहरुले ढुंगा प्रहारलाई निरन्तरता दिए ।
झडपस्थलमा रहेका सञ्चारकर्मीहरुले प्रहरीको संरक्षणमा मास्क लगाएर आएका एमाले कार्यकर्ताहरुले ढुंँगा फ्याँकेका दृश्यहरु क्यामेरामा कैद गरेका छन् ।
यो घटनाले प्रमाणित भैइ सक्यो कि यो देशमा मधेशीको कुनै अस्तित्व छैन अब सम्पूर्ण मधेशीको एउटै नारा हुनु पर्छ ” स्वतन्त्र मधेश” ।अब कुनै प्रकारको सम्झौता वा बार्तामा जानू मधेश बिपरितको षरयन्त्र मान्नु पर्छ ।
सरकार, तराइमा अब सैनिक परिचालन गर्ने भन्दा अन्य विकल्प छैन त्यसतर्फ ध्यान जाओस्