हुलाकी न्यूज, राजविराज २३ फागुन । नेकपा एमालेको मेची–महाकाली अभियान सफल बनाउने क्रममा सशस्त्र प्रहरी बल नेपालले गोली हानी तीन जना मधेशी प्रदर्शनकारीको हत्या गरेको छ ।

सञ्चारमाध्यममा चार जनाको हत्या भएको खबर आए पनि मृतक भनिएका दिगम्बर यादवको अवस्था गम्भीर रहेको छ । यादवको पिठ्युमा गोली लागेको छ भने उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले सिटिस्क्यान हुँदैछ ।

सशस्त्र प्रहरीले रंजन मेहता, आन्दन साह र पिताम्बर मण्डलको गोली हानी हत्या गरेको छ ।
अस्पतालमा उपचाररत मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको अस्पताल श्रोतले हुलाकी न्यूजलाई जानकारी दिएको छ ।

१६ वर्षका सुरेन्द्र साह र ५७ वर्षका इन्द्र यादवको अवस्था गम्भीर रहेको छ । सुरेन्द्रको घाँटीमा गोली लागेको छ भने यादवको पेटमा गोली लागेको छ । त्यस्तै, ३३ वर्षका जितेन्द्र साहको काँखीमा गोली लागेको छ उनको अवस्था पनि गम्भीर रहेको छ ।

३८ वर्षीय विरेन्द्र मेहता र दिलिप यादवको पेटमा गोली लागेको छ । उनीहरुको अवस्था पनि गम्भीर रहेको छ भने लक्ष्मण यादवको अवस्था समान्य रहेको हुलाकी न्यूजलाई जनाइएको छ ।

#धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुनु पर्नेमा अन्यथा भएको सच्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.