हुलाकी न्यूज, काठमाडौं २३ फागुन । प्रहरीको गोली लागी सप्तरीको राजविराजमा एक आन्दोलनकारीको मृत्यु भएको छ भने दर्जनौं आन्दोलनकारी घाइते भएका छन् ।
मलेठ–२ निवासी सञ्जन मेहताको मृत्यु भएको हो । नेकपा एमालेको मेची–महाकाली अभियानले गर्दा मधेशमा फेरि आतंक मचाउन थालेको आरोप लाग्न थालेको छ ।
एमालेको अभियान विथोल्न आज दिनभर सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ । सो क्रममा प्रहरीले अन्धाधुन्ध गोली र अश्रुग्यास प्रहार गरेका थिए ।
सप्तरीको अवस्था अहिले तनावग्रस्त रहेको छ ।




कसैले बन्दुक चलाउँदा कोही ब्यक्ती गोली लागेर मर्छ, उसले त गोलि चलाएको मात्रै हो, दोषी गोलि हान्ने ब्यक्ति हुन्न ।
मारेको गोली दिनेले हो ।
शान्तिपूर्ण आमसभा र सुरक्षाकर्मी बिरुद्ध गरिब निमुखालाई पेट्रोल बम, लाठी, गुलेली, ढुङ्गा बोकाएर हान्न पठाउनेहरु रक्त पिपासु हुन् ।