हुलाकी न्यूज, सप्तरी २३ फागुन । नेकपा एमाले र मधेशी मोर्चाबीचको टकरावका कारण सप्तरी जिल्ला तनावग्रस्त बनेको छ । नेकपा एमालेको हठका कारण सप्तरी मात्रै नभई सम्पूर्ण मधेशमा हिंसात्मक द्वन्द्व बढ्ने खतरा देखिएको छ ।

नेकपा एमालेले मधेशी मोर्चालाई चुनौती दिँदै अभियानको नाममा सामुदायिक दंगा भड्काउन खोजेको विश्लेषकहरुको भनाई छ ।

एमालेको पूर्वनिर्धारित कार्यक्रमलाई मधेशी मोर्चाले हुन नदिने भन्दै त्यसको विरोधमा उत्रेका छन् भने एमालेको कार्यक्रम जसरी पनि सफल बनाउने बाक्लो सुरक्षा निकायका अंगहरु खटाइएको छ ।

बन्दुकको बलमा संविधान जारी गरियो, यसैगरी एमालेको कार्यक्रम सफल बनाउन पुनः सुरक्षाकर्मीको प्रयोग भएको छ ।

सप्तरीको विभिन्न ठाउँमा मोर्चाका नेता कार्यकर्ताहरु प्रतिकारमा उत्रेका छन् । गाडीहरुमा तोडफोडसमेत भएको छ । अवस्था अत्यन्तै तनावग्रस्त रहेको छ ।

मधेशी मोर्चाले संयम्ता अपनाउनुपर्ने आवश्यकता देखिएको छ । नभए राज्यसत्ताले कुनै न कुनै बहानामा मधेशीमाथि गोली चलाउन आदेश नदेला भन्न सकिँदैन ।

1 COMMENT

  1. point to be noted::
    स्थिति लगभग सामान्यजस्तै बनिसकेको थियो । मोर्चा कार्यकर्ताहरु एकै ठाउँमा बसिरहेका थिए । त्यही क्रममा प्रहरी भएतिरबाट तीन/चार जनाको संख्यामा मोर्चा कार्यकर्ता भएतिर ढुंगा हान्न शुरु गरियो । प्रहरीतिरै रहेका एमाले कार्यकर्ताहरुले एक्कासी ढुँगा फ्याँक्न शुरु गरेपछि मोर्चा कार्यकर्ताहरु आक्रोशित भए ।

    एमाले कार्यकर्ताहरुले करिब पाँच मिनेटसम्म मोर्चातिर ढुंगा हानेपछि प्रहरीले केहीलाई साइड लगायो । तर, पनि एमाले कार्यकर्ताहरुले ढुंगा प्रहारलाई निरन्तरता दिए ।
    झडपस्थलमा रहेका सञ्चारकर्मीहरुले प्रहरीको संरक्षणमा मास्क लगाएर आएका एमाले कार्यकर्ताहरुले ढुंँगा फ्याँकेका दृश्यहरु क्यामेरामा कैद गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.