हुलाकी न्यूज, काठमाडौं २२ फागुन । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतसहितका नेता कार्यकर्तारुलाई तत्काल रिहा गर्न नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले माग गरेका छन् ।

नेसपा गजेन्द्रवादीको दुई दिनसम्म चलेको बैठकले आइतबार सातबुँदे निर्णय सार्वजनिक गर्दै यस्तो माग गरेका छन् ।

तिवारीले मधेशमा उठिरहेको स्वतन्त्रताको आन्दोलनको सन्दर्भमा विश्वमा उठेको कुनैपनि अधिकारको आन्दोलनलाई राज्यपक्षबाट समयमा नै उचित सम्बोधन नभएमा सो आन्दोलन पछि गएर पृथक राष्ट्र निर्माणको आन्दोलनमा विकास हुने स्वभाविक रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

साथै तत्कालिन राज्यसत्ताले यसलाई जतिपनि दबाउन खोजे पनि यो आन्दोलन अझ बढी सशक्त भएको र अन्ततः राज्यको सैनिक शक्ति पनि परास्त हुनु परेको इतिहास सर्वविदितै रहेको तिवारीले जिकिर गरेका छन् ।

यसर्थ स्वतन्त्र मधेश गठबन्धनको संयोजक डा.सि.के. राउत सहितका मुक्तिकामी नेताहरुलाई तत्काल रिहाई गर्न र मधेशको अधिकार आन्दोलनलाई समयमै उचित सम्बोधन गर्न नेसपा गजेन्द्रवादीले जोडदार माग गरेको छ ।

तिवारीले जारी गरेको विज्ञप्तिमा वर्तमान संविधानको आधारमा कुनै पनि चुनावमा भाग नलिने उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.