हुलाकी न्यूज, सिरहा २२ फागुन । इलाका प्रहरी कार्यलय, लहानमा ३२ दिनदेखि हिरासतमा रहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सी. के. राउत समेत सँगै रहेका १० जना समर्थकहरूलाई आइतवार बिहान ईलाका प्रहरीले जिल्ला आदालत सिरहामा पेश गरी डा. राउतका वकीलहरूलाई बहस गर्न नदिई जिल्ला अदालतले आधी घन्टाभित्र चोथो पटक पुनः २० दिनको म्याद थप्न लगाएको छन् ।
धनुषाको जनकपुरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानमार्फत् राज्य विरुद्धको संगठित अपराध अन्तर्गतको मुद्दामा पहिलो पटक गत माघ २१ गते सिरहा जिल्ला अदालतमा उपस्थित गराइएका राउतलाई अनुसन्धानका लागि १० दिनसम्म थुनामा राख्ने आदेश दिएको थियो ।
प्रहरीलाई राउत विरुद्ध थप अनुसनधानका लागि अदालतले दोस्रो पटक फागुन १ गते १० दिन, तेस्रो पटक ११ गते १० दिन म्याद थपेको थियो ।
नेपाल प्रहरीले आदालतको अगाडीको गेट प्रयोग नगरी पछाडीको गेटबाट उनीहरूलाई बाहिर लगेका थिए । अनुसन्धानको नाममा नेपाल प्रहरीले राजनीतिक व्यक्तिहरूलाई शांतिपूर्ण रूपमा आफ्नो बिचार राखेके कारण पूर्वाग्रह राखी शारीरिक, मानसिक यातना दिन खोजेको आरोप गठबन्धनको छ ।
अगामी पेशी चैत्र १३ गते आईतवार हुने छ । फेरि थप अनुसन्धान को कुरा सुनेर स्वतन्त्र मधेश गठबन्धन कार्यकर्ता र समर्थकले सिरहाको विभिन्न ठाउमा विरोध प्रदर्शन गरेका छन् ।
गत माघ ५ गते का दिन सिरहा का लहान स्थित आयोजित बलिदानी दिवसमा लांखो मधेशी जनतालाई सम्बोधन गरे पछी राजनैतिक दबाबमा उनलाई प्रहरीले पक्राउ गरेको आरोप छ ।



