परिष कर्ण, सप्तरी ५ आश्विन । इलाका प्रहरी कार्यालय भारदहमा कार्यरत एक जना प्रहरीले राजिनामा दिएका छन् । प्रहरी जवान रामचन्द्र यादवले राजिनामा दिएर गएको भारदहका स्थानीयहरुले बताएका छन् ।

‘मलाई जागिर चाहिँदैन् । घर पुर्याइदेऊ’ भन्दै प्रहरी जवान त्यहाँबाट घरतर्फ गएका छन् । यस्तो जागिर नखाने बताएका प्रहरी जवान यादवले आफ्नो बुवा डाक्टर भएको र यस्तो जागिर नगर्ने भन्दै निस्किेको स्थानीयवासीहरुले हुलाकी न्यूजलाई बताएका छन् ।

यता सप्तरीका प्रहरी प्रमुख एसपी शिशिर कर्माचार्यले यादव ड्यूटीको समयमा अत्यधिक रक्सी पिएको र उनलाई मेडिकल गराउन लग्ने क्रममा भागेको प्रतिकृया दिइका छन् । ‘ उनलाई कसैले केहि भनेका होइन् । जाँड खाएर आफैं धेरै कुरा बोलेका हुन् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.