हुलाकी न्यूज, न्यूयोर्क २२ फागुन । अमेरिकामा रहेका मधेशीहरुको संगठन सोसिएशन अफ नेपाली तराईअन इन अमेरिका (एन्टा), न्यूयोर्क च्यापटरले धुमधामका साथ होली मनाउने तयारीमा छ ।
जहाँ रहे पनि आफ्नो मातृभूमि र धर्म–संस्कृति बिर्सनु हुँदैन, त्यसको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भन्ने भनाईलाई आत्मसाथ गर्दै अमेरिकामा रहेका मधेसीहरु धुमधामका साथ होली बनाउने भएका छन् ।
अमेरिकास्थित मधेशीहरुको सङ्गठन एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका (एन्टा), न्यूयोर्क च्यापटरको आयोजनामा भव्य रुपले होलीको आयोजना गर्न लागिएको जानकारी च्याप्टरका सभापति सुभाषकुमार बैठाले दिनुभएको छ ।
‘काम र रोजगारीको सिलासिलामा संसारको जुनसुकै कुनामा पुगे पनि मानिसले आफ्नो मातृभूमि र धर्म–संस्कृति बिर्सनु हुँदैन, त्यसको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यसहित विगत झै यस वर्ष पनि होली कार्यक्रमको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । उहाँका अनुसार, १० मार्चका दिन न्यूयोर्क शहर को क्विन्समा भव्य रुपमा होली कार्यक्रमको आयोजना गरिने छ ।
विगत झैं यस वर्ष पनि रङ र अबीरको यो पर्व यहाँका मधेसी समुदायले धूमधामका साथ मनाउनका लागि भव्य तयारी गरेको छ । जसका लागी अरविन्द सिंह को नेतृत्वमा राम बिनोद पण्डित , कुन्दन साह , मात्रिका गुप्ता , मनिस सिंह , अर्पिता झा निलु झा , रन्धिर शर्मा लगाएयतका लाई विभिन्न जÞिम्मेवारी दिइ काम काज बाडफाट गरेका छन।
उहाँका अनुसार, कार्यक्रममा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत, राजदूताबासका उच्च पदस्थ अधिकारीहरु, अमेरिकास्थित नेपाली समुदायद्धारा गठित विभिन्न सङ्घ सङ्गठनका पदाधिकारीहरु, समाजसेवी , स्थानीय अमेरिकी बुद्धिजीवी एवम् बिभिन्न दलका नेता तथा न्यूयोर्कलगायत अन्य राज्यमा बसोबास गर्ने मधेसी समुदायको गारिमामय सहभागिता रहने छन् । जसमा मनोरंजन तथा सांस्कृतिक कार्यक्रम का लागी नेपाल ख्याति प्राप्त कलाकार हरु प्रकाश श्रेष्ठ , विमल डागी, सुमन बुढ़ा मगर, बसन्ती राई हरु को प्रस्तुती हुनेछन ।



