हुलाकी न्यूज, रौतहट २१ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा रौतहटले आगामी २६ गते बिहीबार रौतहट बन्दको घोषणा गरेको छ ।
नेकपा एमालेको मेची महाकाली अभियान विथोल्नका लागि मधेशी मोर्चाले रौतहट बन्दको घोषणा गरेको मोर्चााका नेताहरुले जानकारी दिएका छन् ।
मधेशी नेकपा एमालेको कुनै पनि कार्यक्रम रौतहटमा हुन नदिने चेतावनीसमेत दिँदै आएका छन् मोर्चाका नेताहरुले । रौतहटबाटै निर्वाचित नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका माधव नेपालको कार्यक्रम गर्न सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
आगामी २६ गते रौतहटको गरुडामा एमालेले अभियान कार्यक्रम गर्न लागेको छ । तर, मोर्चाले रौतहट बन्दको पूर्वसन्ध्यामा मसाल जुलुसको कार्यक्रमसमेत गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.