हुलाकी न्यूज, काठमाडौं २१ फागुन । मधेश र मधेशी शब्द सुन्न नचाहने नेकपा एमालेका शीर्ष नेताहरुले आज मधेश प्रवेशका लागि केन्द्रीय कमिटीमा मधेशी र थारुहरुलाई स्थान दिएको छ ।

नेपालमा मधेश नै छैन भन्ने नेकपा एमालेका शीर्ष नेतृत्वहरुले मधेश प्रवेश गर्ने कार्डको रुपमा मधेशी नेताहरुलाई केन्द्रीय कमिटीमा चयन गरेको चर्चा भइरहेको छ ।

मधेश प्रदेश भारतको बिहार र युपीमा खोज्नु भन्ने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तराई–मधेशका २० जना मधेशी र थारुलाई केन्द्रीय सदस्यमा थपेका छन् ।

एमालेले अहिले सञ्चालन गरेको मेची महाकाली अभियानलाई सफल बनाउन र एमाले मधेशमैत्री रहेको साबित गर्नका लागि मात्र मधेशी र थारुलाई मोहरा बनाएको प्रष्टिन्छ ।

मधेशी–मधेशीबीच द्वन्द्व सिर्जना गर्नकै लागि एमालेले यो अभियान सञ्चालन गरेको र यसमा पनि मधेशी–मधेशीबीच फाटो हाल्नका लागि मधेशीलाई नै मोहरा बनाएको विश्लेषकहरु बताउँछन् ।

एमालेले विगतमा गरेका कार्यहरु, दिएका अभिव्यक्तिहरु र गर्दै आएको कार्यहरुले प्रष्ट रुपमा बुझ्न सकिन्छ कि एमाले मधेशप्रति कतिको इमान्दार छ भनेर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.