हुलाकी न्यूज, काठमाडौं २१ फागुन । डा. सीके राउतलाई किन थुनामा राखेको भन्दै सर्वोच्च अदालतले सात दिनभित्र लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई आदेश गरेको छ ।
नेपाल प्रहरीले डा. सी. के. राउतलाई गत माघ २० गतेका दिन माछाबाजÞार, जनकपुरको डेराबाट हिरासतमा लिई हालसम्म गैरन्यायिक हिरासतमा राखेकोले नेपालको संविधानको धारा १३३(३) बमोजिम बन्दी प्रत्यक्षीकरण लगायत जो चाहिने उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरि थुना मुक्त समेत गरी पाँऊ भनी सीके राउततको हकमा दाजु डा.जयकान्त राउतले मंगलवार सर्वोच्च अदालतमा निवेदन पत्र चढाएका थिए ।
सर्वोच्च अदालतको एकल इजलासमा न्यायाधीश जगदीश शर्मा पौडेलले गृह मन्त्रालय काठमाडौंसमेत विपक्षीको नाममा चन्द्रकान्त राउतलाई किन थुनामा राखेको हो ? थुना मुक्त गर्नु पर्ने कारण नभए म्याद सूचना प्राप्त भएका मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु भनी आदेश गरिएको छ्र ।




थुनामा राखेर मात्र हुदैन ।देस बिखन्डनको सम्पुर्ण प्रमाण छदै छ अब जन्मकयत जेल सजाय तोक्नुपर्छ।नत्र यो सम्बिधान र कानुनको खिल्ली उडाउन पाइन्दैन।
सीके राउतलाई किन थुनामा राखेको भन्दै सर्वोच्चद्वारा जवाफ माग:- सर्बोच्चको मान्छेले गोरखापत्र,कान्तिपुर, नागरिक लगाएत नेपल टेलिभिजनको समाचार हेर्दैनन कि क्या हो ? भुत्रोको किन राखेको ? प्रहरीले पक्रेर मुद्दा दर्ता गराउदा नै लेखेको होलानी किन राख्न ल्याएको ? अनि सर्बोचका न्यायधिस पनि नेपाली नै होइनन र ? ३ करोड नेपालीलाई थाहा छ सिके राउतको हर्कत तर सर्बोच्चालाई चाँही थाहा छैन ? अदालतको आफ्नै प्रक्रिया होला तर झट्ट कुरा सुन्दा रगत तातेर आउछ / सधै उस्तै पुरानो प्रक्रिया / देश द्रोही भ्रस्टचारीलाइ र हत्त्यारालाई कानुनमा खेल्ने ठाउ आखिर किन र कहिले सम्म ? तर्कलाई जता बटारे पनि हुने यो कानुन हो कि नाइलनको डोरी ?
Akikirit saasan pranali