हुलाकी न्यूज, काठमाडौं २० फागुन । बहुजन शक्ति पार्टीका अध्यक्ष पूर्वमन्त्री विश्वेन्द्र पासवानले कुनैपनि हालतमा चुनाव हुनुपर्ने बताएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता पासवानले सरकारले घोषणा गरेको स्थानिय तहको निर्वाचनमा आफ्नो पार्टी निर्वाचनमा भाग लिने जानकारीसमेत दिएका छन् ।
उनले संविधान संशोधन गर्नुपर्ने आवश्यकता नरहेको टिप्पणीसमेत गरेका छन् ।
अध्यक्ष पासवानले भने, ‘मधेश आन्दोलनमा मानिसलाई मरिदेउ, तिमीलाई ५० लाख दिन्छु भनेर आह्वान गर्दा कसैको हित हुँदैन र भएन पनि, मर्नेको सपना साकार भएको छैन, यो राजनीतिक चरित्र पनि होईन ।’



