हुलाकी न्यूज, काठमाडौं २० फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले संविधान संशोधन प्रस्ताव पारित कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।

कांग्रेस नेता पौडेलले एक रेडियो अन्तर्वार्तामा स्थानीय तहको चुनावपछि पनि संशोधन गर्न सकिने भएकाले अहिले स्थगन गर्नुपर्ने धारणा राखे ।

उनले संशोधन फेल हुने संसोधन प्रस्तावमा मधेशी मोर्चाले अड्डी कस्न नहुने बताएका छन् । नेता पौडेलले संशोधन प्रस्ताव असफल हुने प्रष्ट भएकाले त्यसलाई जोगाउन पनि अहिले चुनावमा जानुपर्ने बताए ।

उनले संसोधन प्रक्रिया संसदमा प्रवेश भइसकेका कारण शंका गर्नु नपर्ने बताए । पौडेलले मुलुकलाई निकास दिनका लागी निर्वाचनको बिकल्प नभएको प्रष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.