हुलाकी न्यूज, सप्तरी २० फागुन । नेकपा एमालेले शनिबारदेखि सुरु गर्न लागेको मेची–महाकाली अभियानको पर्चा वितरण गरिरहेका एमालेका नेतालाई मधेशी मोर्चाका कार्यकर्ताहरुले कालोमोसो दलेका छन् ।

नेकपा एमाले मधेश विरोधी पार्टी रहेको भन्दै एमालेका कुनै पनि कार्यक्रम मधेशमा गर्न नदिने चेतावनी दिँदै एमाले सप्तरी जिल्ला कमिटि सदस्य प्रतापनारायण चौधरीलाई मोर्चाका कार्यकर्ताले शुक्रबार विहान कालोमसो दलेका छन् ।

एमालेको अभियान तराई–मधेशमा हुन नदिने चेतावनी मोर्चाले यसअघि नै दिइसकेको छ । चौधरीलाई राजविराज–१ हटियास्थित माछा हटियामा पर्चा वितरण गरिरहेको बेला मोर्चा कार्यकर्ताहरुले कालोमसो दलेका थिए ।

यता, एमालेले अभियान गरेरै छाड्ने अडानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.