रंजन भण्डारी, महोत्तरी १९ फागुन । प्रेस सेन्टर महोत्तरीमा कोषाध्यक्ष रहेका राजिव कुमार रायले राजिनामा दिएका छन् । विहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले राजिनामा दिएका हुन् ।
उनले हालसम्म प्रेस सेन्टरको नामबाट कमाएको मान प्रतिष्ठाको सम्मान गर्दै प्रेस सेन्टरलाई धन्यवाद दिएका छन ।
उनले राजिनामा दिनु आफ्नै व्यस्तता र आन्तरिक कारण रहेकोले राजिनामा वारे थप अडकलवाजी गर्नु आवश्यक नरहेको स्पष्ट पारे ।
सेन्टरमा राम्रो छवि भएका रायको राजिनामाले सेन्टरमा भने महत्व राख्ने बौधिक वर्गको भनाई छ । उनले सेन्टरकि अध्यक्ष सुनिता बराललाई लिखित राजिनामा दिनुछ भन्दा फोनमै मैले स्विकारेको बताईन । यता रायले फोनमै राजिनामा स्विकृत गरेपनि लिखित राजिनामा समेत बुझाईसक्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.