तिवारी यादव, बारा (परवानीपुर) १९ फागुन । अहिले विकट ग्रामीण क्षेत्रमा पनि निर्धक्क बोल्न र आफ्ना कुराहरू खुलस्त राख्न सक्ने बालबालिकाको संख्या निकै बढेको छ ।
बाल अधिकारका कोणबाट हेर्दा देख्न सकिने यो उज्यालो पाटो नै हो । तर, नेपाली समाजको सिंगो चित्रलाई गहिरोसँग नियाल्दा अँध्यारो पाटो पनि सघन रूपमा नै विद्यमान रहेको पाउन सकिन्छ ।
शिक्षामा निजीकरण भएपछि अधिकांश सरकारी विद्यालयको गुणस्तरमा ह्रास आएको छ भने तह तहका निजी विद्यालय निकै फस्टाउन पुगेका छन् । सम्पन्न परिवारले आफ्ना बालबालिकालाई महँगा निजी विद्यालयमा पढाएर गुणस्तरीय शिक्षा दिलाउन सकेका छन् ।
विपन्न परिवारका बालबालिका सरकारी विद्यालयमा भर्ना हुन्छन् । पहिलो कुरा त पढाइ गुणस्तरीय नभएकाले उनीहरूको शैक्षिक स्तर सबल बन्न सक्दैन । दोस्रो कमजोर आर्थिक अवस्थाकै कारण कतिपय बालबालिका ४÷५ कक्षा पढ्दापढ्दै विद्यालय छाड्न बाध्य हुन्छन् र यस्ता बालबालिका अन्ततः बालश्रमिक बन्न पुग्छन् ।
बाराको लिपनिमाल गाबिश वडा नम्बर ८ बिर्तामा रहेको एम.एस ईटा उधोगमा भारतको बिहार राज्य मोतिहारी जिल्लाको लखौरा गाबिशका बुवा सँग काम गर्दे , २ जना नाबालकहरुले पनि बिहान ७ बजे देखि साँझ ६ बजे सम्म दिनको एक हजार कमाउने गरेका छन ।
१६ बर्षिय शिवशँकर सहनी र राम सहनी ११ बर्षिय २ जनाले नाबालकहरुले ईटा उधोगमा बनाएर जिवनयायन गरीरहेका छन ।
११ बर्षिय राम सहनीले भने, ईटा उधोग हाम्रो गाँउमा भएपनि उतातिर एक हजार ईटा बनाउदा ५ सय रकम दिन्छन र यहा नेपालमा एक हजार ईटा बनाउदा दुई हजार रकम पाउने गरेको छ र म सधैको पाच सय ईटा बनाउने गरेको छु ।
नेपालमा बालश्रमको अवस्था बारे चित्रण गर्नेहरुले आजभन्दा सात बर्ष पहिले सन २००८ मा आईएलाओको सहयोगमा केन्द्रिय तथ्याँक बिभागबाट गरीएको राष्ट्यि श्रमशतिm सर्वेक्षणको तथ्याँकलाई नै आधार बनाउदै आएका छन । तर पनि बालश्रम अन्तय नभएको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.