
नरेशचन्द्र बरबरिया, सिरहा १९ फागुन । पत्रकार माथि भएको हातपातको विरोधमा मधेशी नागरिक समाजले कारबाहीको माग गर्दै ज्ञापन पत्र बिझाएका छन् ।
दोषी प्रहरीलाई पहिचान गरि प्रहरी नायब निरीक्षक (सई) लाई कारबाहीको माग गर्दै जिल्लामा प्रशासन कार्यलय सिरहामा ज्ञापन पत्र बुझाएको हो ।
मधेशी नागरिक समाजका संयोजन अवकास प्राप्त प्रो.बिन्देश्वर गोईतको नेतृत्वमा गएको नागरिक समाजको टोलीले जिल्ला प्रशासन कार्यालय सिरहाको प्रशासकिय अधिकृत लेखनाथ खतिवडालाई ज्ञापन पत्र बुझाउदै दोषी प्रहरीलाई चाडो भन्दा चाडो कारबाहीको माग गर्नु पर्ने बताए ।
ज्ञापन पत्र बुझदै प्रशासकिय अधिकृत खतिवडाले पत्रकार माथी भएको हातपात ,दुव्र्यवहार घटनामा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको टोलिका सदस्य रमेश मन्डलले बताए ।
माउन्टेन टेलिभिजनका पत्रकार सुरेन्द्र कामती प्रहरीले सिरहाको भलुबाहीमा फाल्गुन ११ गते नाम नखुलेको प्रहरी नायब निरीक्षकले फोटो किन खिचेको भन्दै पत्रकार कामतीको मोबाइल खोस्ने प्रयास गर्दै गाली गलोज ,दुव्र्यवहार समेत गरेका थिए ।
घटनाको एक साता बितिसक्दा पनि दोषीलाई कारबाही नगरेको भन्दै भर्चना गर्दै ज्ञापन पत्र बुझाएको हो ।



