हुलाकी न्यूज, काठमाडौं १७ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधन विधेयक टुंगो नलागेसम्म कुनै पनि चुनावमा भाग नलिने दोहोर्याएका छन् ।
मंगलबार प्रधानमन्त्रीको आह्वानमा कांग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चाका नेताहरुबीच छलफल भएको थियो । सो छलफलमा प्रधानमन्त्री प्रचण्डले स्थानीय चुनाव गरेर मात्र संविधान संशोधन गर्ने प्रस्ताव गरेका थिए । तर, मोर्चाले प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको छ ।
सत्तारुढ कांग्रेस–माओवादी केन्द्रसँगको छलफलपछि मधेसी मोर्चाको बैठकले संविधान संशोधन नभएसम्म कुन पनि चुनावमा भाग नलिने निर्णय गरेको हो ।
मधेशी मोर्चाको बैठकले संविधान संशोधनको पक्षमा दुई तिहाई पुर्याउन पहल गर्ने निर्णय समेत गरेको छ ।



