हुलाकी न्यूज, काठमाडौं १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशवादी दलका नेताहरुलाई विवेकी बन्न आग्रह गरेका छन् ।

मंगलबार जनताको नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले मधेशादी दलहरुलाई यस्तो आग्रह गरेका हुन् ।

उनले भने, ‘उहाँहरुले आवेग होइन, विवेक देखाउनु हुनेछ भन्नेमा म विश्वस्त छु । राष्ट्रप्रति जिम्मेवारी देखाउनेछन् भन्नेमा विश्वस्त छु ।”

उनले नेकपा एमालेतर्फ संकेत गर्दै भने,“तीन महिना बित्दा पनि एउटा दलको हठका कारण छलफल नै हुन सकेन । लोकतन्त्रनै खतरामा पुग्ने अवस्थामा पुग्यो, यो विषयमा असन्तुष्ट पक्षलाई नझस्कन आग्रह गर्दछु । निर्वाचन सँगै संविधान संशोधन गर्न सरकार प्रतिवद्ध छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.