हुलाकी न्यूज, काठमाडौं १७ फागुन । २ नम्बर प्रदेशमा स्थानीय तहको संख्या बढाउन गठित समितिलाई मन्त्रिपरिषदले तीन दिनको थप समय दिएको छ । समितिको म्याद सकिने दिन मंगलबार बसेको बैठकले समितिको म्याद थप्ने निर्णय गरेको हो ।

स्थानीय तह पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदन अध्ययन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा समिति गठन गरेको थियो ।

प्रतिवेदन अध्ययनको समय सकिएपछि दुई नम्बर प्रदेशमा संख्या बढाउन मन्त्रिपरिषदले सात दिनको समय दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.