हुलाकी न्यूज, बाँके,फागुन १५ गते । मंगलबार बाँकेमा सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट सहसचिव सकिल अहमद कादरी र कार्यसमिति सदस्यमा आलम खान भारी मत प्राप्त गरी विजय भएका छन् । प्रगतिशील संयुक्त प्यानलको सहयोगमा कादरी निर्वाचित भएका हन् ।

नेपाल पत्रकार महासंघको जारी निर्वाचनबाट बाँके जिल्लामा मुस्लिम पत्रकारको प्रतिनिधित्व उत्साहजनक रहेको देखिएको छ । पछिल्लो समय हेरिकन अहिलेसम्म आएको परिणाम अनुसार महासंघको केन्द्रीय पार्षद, प्रदेश पार्षद, जिल्ला नेतृत्वदेखि पदाधिकारी र सदस्यसम्म मुस्लिम पत्रकारको सहभागिता राम्रो देखिएको छ ।

हाल आएर मुस्लिमहरुको एकता र सक्रियातका कारण महासंघको जिम्मेवारी सम्हाल्न सफल भएका छन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहम्मद हारुन हल्वाईको नेतृत्वमा प्रगतिशील प्यानल अगाडि आए पछि पत्रकारहरु प्रतिबद्ध भएर आफनो प्यानलका सबैलाई जिताएर देखाउने प्रतिबद्धता अनुसार नै पुरै प्यानल विजय हुन सफल भएको हो ।

यस्तै महासंघमा मोहम्मद हारुन हल्वाई, सिराज खान केन्द्रीय पार्सदमा निर्वाचित भएका छन् । त्यस्तै प्रदेश पार्षदमा लियाकत अली, मेराज सल्मानी, बब्लु खान, गुलाम हुसेन कादरी निर्वाचित भएका छन् । बाँकेबाट ८ जना मुस्लिम निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.