हुलाकी न्यूज, काठमाडौं १४ फागुन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा. बंशिधर मिश्रले संविधान संशोधन प्रस्तावलाई टुँगोमा पुर्याउनको लागि एमालेले कुनैपनि अवरोध नगर्ने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको एक कार्यक्रममा मिश्रले भने,‘हाम्रो पार्टी चुनावको बाधा, अड्चन हटाउनको लागि संविधान संशोधन प्रस्तावलाई प्रक्रियामै लगेर टुँगो लगाउनुपर्छ भन्ने कुरामा स्पष्ट छ, प्रक्रियाबाट आएको निश्कर्षलाई मोर्चाले पनि स्विकार्नुपर्छ, लचकता देखाउनुपर्छ ।’

उनले आफ्नो पार्टी लचिलो बनिसकेकोले अब मधेशी मोर्चापन लचिलो बन्नुपर्ने माँग गरे। उनले भने,‘समस्याको समाधानको मिलनविन्दु खोज्नको लागि वार्ता तथा सम्वादलाई निरन्तरता दिनुपर्छ।’ मिश्रले संशोधन प्रस्ताव मधेशी मोर्चाको हितमा नभएकोले आफ्नो पार्टीले कुनैपनि हालतमा पारित गर्न नदिने जिकिर गरे ।

उनले मधेशी मोर्चालाई चुनावमा भाग लिएर मधेशमा को कति हैसियतमा छ भन्ने कुरा प्रमाणित गराएर देखाउन चूनौति समेत दिए। उनले भने,‘मधेशी मोर्चाले स्थानीय तहको चुनाव जितेर देखाए भैहाल्यो नि ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.