हुलाकी न्यूज, काठमाडौं १४ फागुन ।
स्ववियु निर्वाचन प्रक्रिया रोकिनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका मधेशवादी दलका विद्यार्थी संगठनहरुले आज स्ववियु निर्वाचन हुने सम्पूर्ण क्याम्पसहरुमा कालो झण्डा झुण्ड्याएका छन् ।

संयुक्त मधेशी विद्यार्थी मोर्चाको पूर्वघोषित आन्दोलनका कार्यक्रमअन्तर्गत आज स्ववियू निर्वाचन हुने प्रत्येक क्याम्पसमा विरोध सभा गर्ने तथा कालो झण्डा झुन्डयाएको हो ।

यसैगरी, आइतबार प्रत्येक जिल्लाका निजि तथा सरकारी क्याम्पसमा जनजागरण कार्यक्रम गर्ने, सोमबार प्रत्येक जिल्लाहरुमा अन्तरक्रिया कार्यक्रम गर्ने कार्यक्रम रहेको छ ।

मंगलबार जिल्लाका सदरमुकाम र हाटबजारहरुमा मसाल जुलुस प्रदर्शन गर्ने र बुधबार प्रत्येक जिल्लाको शैक्षिक संस्था बन्द सहित विरोध प्रर्दशन गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.