हुलाकी न्यूज, वीरगन्ज, १४ फागुन ।
वीरगञ्जको घण्टाघरमा आज सचेत युवाहरुले राजनीतिक निकास र विकासका लागि एक घण्टा दवावमुलक कार्यक्रम गरेका छन् । जवाफदेहिताका लागि हाम्रो अभियानले घण्टाघर चोकमा बिहान ७ बजेदेखि ८ बजेसम्म दवावमुलक कार्यक्रम भएको हो ।
अभियानका संयोजक शिवनाथ यादवको नेतृत्वमा गरिएको दवावमुलक कार्यक्रममा बोल्ने वक्ताहरुले निकासका लागि संवाद गर्न र विकासका लागि दलहरु एक हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले संवाद मार्फत सहमति खोजेर दलहरु सहकार्य गर्दै अगाडी बढ्नुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व अध्यक्ष केसि लामिछानेले नागरिकको सेवा सुविधाका लागि राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्ने बताए । विकासका काममा राजनीतिक विमति हुनु नहुने उनको भनाई छ ।
अभियानका संयोजक शिवनाथ यादवले संविधान सभाको निर्वाचन, संविधान सभाबाट संविधान निर्माणका लागि युवा अभियानले खबरदारी गर्दै आएको स्मरण गराउँदै अब राजनीतिक निकासका लागि युवा खबरदारी आवश्यक देखिएकोले दवाव अभियान शुरु गरिएको बताए ।
कार्यक्रममा युवा नेता ओम प्रकास सर्राफ, । सामाजिक अभियन्ता प्रकाश प्रसाद थारु, विद्यार्थी नेता दिलिपराज कार्की लगायतकाले मन्तव्य दिएका थिए ।
भने कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति फुलमहम्मद मियाँ, अधिवक्ता कमलमोहन पोखरेल, जवाफदेहिताका लागि हाम्रो अभियानका कबिता खड्का, माधुरी महतो, ईश्वरी श्रेष्ठ, जियालाल साह, साविर अहमद ऐराज लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण अभियानका सुरेश बिडारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.