
हुलाकी न्यूज, काठमाडौं १३ फागुन । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले स्थानीय निकायको टुंगो नलागेसम्म निर्वाचन हुने आधार नै नरहेको दाबी गरेको छ ।
नयाँ शक्तिले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता खिमलाल देवकोटाले संविधान संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने धारणा राखेका छन् ।
उनले स्थानीय निकायको टुङ्गो नलागेको र सम्झौताअनुसार संविधान संशोधन पनि नभएको अवस्थामा निर्वाचन हुन नसक्ने बताएका छन् ।



