हुलाकी न्यूज, काठमाडौं १३ फागुन ।
मधेशवादी दल सम्बद्ध विद्यार्थीहरुको मोर्चा संयुक्त मधेशी विद्यार्थी मोर्चाले स्ववियु निर्वाचनको विरुद्धमा पाँच चरणको आन्दोलन घोषणा गरेको छ ।

मधेशी विद्यार्थी मोर्चाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै संविधान संशोधनको मार्गलाई वास्ता नगरी मधेशी, आदिवासी, जनजाति, मुस्लिम, महिला, थारु, उपेक्षित र उत्पीडनमा परेका समुदायहरुको भावना विरुद्ध सरकारबाट गरिएको स्थानीय निर्वाचन घोषणाले देशमा द्वन्द उत्पन्न हुने स्थिती सृजना भएको ठहर गरेको छ ।

मोर्चाले यसअघि नै गत बुधबार स्ववियू निर्वाचनको सम्पूर्ण कार्यतालिका स्थगन गर्न माग गरेको थियो । तर, त्रिविले अटेर गरेको भन्दै भोली शनिबारदेखि बुधबारसम्म दबाबमूलक आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

शनिबार स्ववियू निर्वाचन हुने प्रत्येक क्याम्पसमा विरोध सभा गर्ने तथा कालो झण्डा झुन्डयाउने, आइतबार प्रत्येक जिल्लाका निजि तथा सरकारी क्याम्पसमा जनजागरण कार्यक्रम गर्ने, सोमबार प्रत्येक जिल्लाहरुमा अन्तरक्रिया कार्यक्रम गर्ने, मंगलबार जिल्लाका सदरमुकाम र हाटबजारहरुमा मसाल जुलुस प्रदर्शन गर्ने र बुधबार प्रत्येक जिल्लाको शैक्षिक संस्था बन्द सहित विरोध प्रर्दशन गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.