हुलाकी न्यूज, सिरहा ११ फागुन ।
स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतसहित ११ जनालाई हिरासतमा राख्न सिरहा जिल्ला अदालतले पुनः १० दिनको म्याद थप गरेको छ ।

राज्यविरुद्धको संगठित अपराध मुद्दामा पक्राउ परेका राउत सहित उनका समर्थकहरुलाई थप अनुसन्धानका लागि पुनः म्याद थप गरिएको जिल्ला अदालत सिरहाले जनाएको छ ।

गत माघ ५ गते लहानमा शहीद दिवसका अवसरमा लाखों मधेशी जनतालाई संबोधन गरे पश्चात २० गते बुधवार दिउसों ३ बजे नेपाल प्रहरीले जनकपुरधामबाट डा. सीके राउतलाई पक्राउ गरेको थियो ।

डा. राउतलाई पक्राऊ परेलगतै सुरु भएको शान्तिपूर्ण प्रदर्शनबाट प्रहरीले थप केही समर्थकहरुलाई गिरफ्तार गरी डा. राउतसँगै मुद्दा दर्ता गराएको थियो ।

यस अघिपनि प्रहरीले दुईचोटी १० – १० दिनको म्याद थप गराएको थियो । यो म्याद थप भएको तेस्रोपटक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.