हुलाकी न्यूज, काठमाडौं ११ फाल्गुण ।
संयुक्त लोकतांत्रीक मधेशी मोर्चाले आजको मधेश बन्द पूर्णरुपमा सफल भएको जनाएको छ ।

मोर्चाको केन्द्रीय सचिवालयले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा मधेश बन्द पूर्ण सफल रहेको भन्दै सम्पूर्ण जनसमुदायमा धन्यवाद व्यक्त गरेको छ ।

संविधान संशोधन विधेयकलाई टुंगो नलगाइ प्रस्तावित गरिएको स्थानीय निर्वाचन मिति सम्बन्धी मन्त्रिपरिषद्को निर्णयले आफूहरुलाई आन्दोलन गर्न बाध्य बनाएको विज्ञप्तिमा उल्लेख छ ।

शान्तिपूर्ण मधेश बन्दको क्रममा एमाले उपाध्यक्ष वामदेव गौतमको भ्रमण बहानामा स्थानीय प्रसाशनद्वारा जनकपुरमा सद्भावना पार्टीका नेता श्री राजकुमार साह, विद्यार्थी मञ्चका नेता श्री कुल्दीप साह लगायतलाई गम्भीर घाइते बनाएको घटनाको मोर्चाले निन्दा गरेको छ ।

सरकारद्वारा संसदमा दर्ता गराइएको संविधान संशोधन विद्येयकलाई आपसी सहमतिको आधारमा परिमार्जन सहित पारित नभएसम्म र आफ्ना मुद्दाहरुको सम्बोधन नभएसम्म मधेश संघर्षरत रहन बाध्य हुने मोर्चाले जनाएको छ ।

मोर्चाद्वारा मधेशभरी भोली २०७३ फाल्गुन १२ देखी आगामी १५ दिन सम्म गाउँ, नगर तथा सदरमुकामहरुमा भण्डाफोर कार्यक्रम गरिने मोर्चाको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.