हुलाकी न्यूज, काठमाडौं ११ फागुन ।
प्रचण्ड नेतृत्वको सरकारले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई धोका दिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले बताएका छन् ।

नेपाल सद्भावना पार्टीले बुधबार पत्रकार सम्मेलन गरी संविधान संशोधन बिना निर्वाचन हुन नसक्ने दाबी गर्दै सरकारलाई दिएको समर्थन फिर्ताबारे मोर्चामा छलफल हुने उनले जानकारी दिए ।

उनले तीन दलले निर्वाचनमा नगराउने षड्यन्त्रका तहत मधेशी मोर्चाको माग पूरा नगरिकनै स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको आरोप लगाए ।

नेसपाको केन्द्रिय पदाधिकारी बैठक फाल्गुन ८, ९ र १० गतेका दिन देशको समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन एवं पार्टीको भावी रणनीति बारे गहन छलफल गरी सम्पन्न भएको थियो ।

सो बैठकका निर्णयहरु सार्वजनिक गर्नका लागि नेसपाले पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

‘जनचाहना र जनभावना बमोजिम आइरहेको सामाजिक प्रतिक्रिया र सल्लाहलाई नेपाल सद्भावना पार्टी सिरोधार्य गर्दछ । सरकारी पक्षबाट मांग पुरा गरीनुको साटो आन्दोलन दबाउने, बल प्रयोग गर्ने र दमन गर्ने कार्य भएमा आन्दोलन लम्बिनेछ ।’ पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेसपाको २८औं स्थापना दिवश २०७४ बैशाख ३ गतेको दिन भब्यतापुर्वक राजधानी काठमाण्डौ लगायतका स्थानमा मनाइने र सोही अवसरमा बैशाखको ३, ४ र ५ गते काठमाण्डौ मैं स्वदेशी र विदेशी अतिथिहरु समेतको सहभागीतामा पार्टीको महासमितिको बैठक आयोजन गरिने जनाइएको छ ।

‘लामो समयको अन्तरालपछि हुन लागेको स्व.वि.यु.निर्वाचनमा समेत मनोमानी ढंगले निर्णय गर्दै तीन दलको नेताको निर्देशनमा निर्वाचनको मिति एवं प्रक्रिया निर्धारण गर्नु त्रि.वि.वि.को मर्यादा बिपरितको कार्य हो र पार्टी त्यसको भत्र्सना गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.