हुलाकी न्यूज, काठमाडौं, ५ असोज । मंगलबार बिहानै तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेट गर्न तमलोपा पार्टी कार्यालय पुगेका प्रधानमन्त्री सुशील कोइराला निराश भएर फर्किएका छन् ।

ठाकुरलाई वार्तामा आउन फकाउन गएका प्रधानमन्त्री कोइरालालाई तमलोपा अध्यक्ष ठाकुरले अब कुनै वार्ता नहुने भन्दै मधेशीका माग निसर्त लागु गर्न भनेका छन् ।

तराई मधेश विद्यार्थी फ्रन्टका अध्यक्ष सुरेश मण्डलले जनाए अनुसार तमलोपा पार्टी कार्यालयमा अध्यक्ष ठाकुरलाई भेट्न प्रधानमन्त्री कोइरालासँगै आनन्द ढुंगाना, महेश आचार्य, अजय चौरसियालगायतका नेताहरु पुगेका थिए ।

बिहान ९ बजेदेखि १० बजेसम्म एक घण्टा बसेको बैठकमा अध्यक्ष ठाकुरले प्रधानमन्त्रीलाई अब मधेशमा एकजनाको पनि मृत्यु भए मधेशको माग बदलिन सक्ने चेतावनी दिए । उनले सरकारसँग विगतमा भएको आठ बुँदे सम्झौता पनि खारेज हुनसक्ने चुनौती दिएका छन् ।
वार्तामा प्रधानमन्त्री कोइराला, तमलोपा अध्यक्ष महन्थ ठाकुर र तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठी मात्र बसेको तमवि फ्रन्टका अध्यक्ष तथा युवा नेता मण्डलले बताएका छन् ।

नेता मण्डलका अनुसार यसअघि सोमबार साँझ नै प्रधानमन्त्रीले ठाकुरसँग फोनमा भेट्नका लागि आग्रह गरेका थिए । अध्यक्ष ठाकुरले आफू मंगलबार बिहानै मधेश जान लागेको बताउँदै १५ दिनपछि काठमाडौं फर्किने, अनि मात्र भेट हुनसक्ने जवाफ दिएका थिए ।

त्यसपछि हतारिएका प्रधानमन्त्रीले भेट गर्न आवश्यक रहेको भन्दै तमलोपा पार्टी कार्यालयमा मंगलबार बिहान ९ बजे आफै आएका थिए । वार्ता लम्बिएपछि ठाकुरको बिराटनगरको ९ः३० बजेको फ्लाइट छुट्यो । उनी १०ः३० को फ्लाइटबाट बिराटनगरको लागि उडेको मण्डलले जनाएका छन् ।

बिराटनगरबाट ठाकुर मधेशी मोर्चाको बैठकका लागि राजविराज जाने भएका छन् ।

2 COMMENTS

  1. Sujata ji ,
    From past 1 month madheshi was fighting alone and nobody shows their concern .we were just asking wat promises was made by late prime minister Girija parasad koirala, and wat we get bullet on head and chest , and we were all was asking help from so called Nepali people( pahadi people) and no body was least concern and least bothered about it, now wen u all r getting pressurised from foreign country and now u seems that u have lost your regarding this than it’s our ghar ko kura, where were u all that time wen police was killing 4 yrs child that time it was dhoti and madhesih , now we r Nepali , wat has happens in last 1 month it has became a history and madhesih will not forget till years and years .

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.