अमर पासमान, सिरहा ११ फागुन ।
डा. सीके राउतका कार्यकर्ताले सडकमा झुण्ड्याएको तुलब्यानर प्रहरीले हटाइरहेको तस्विर खिच्दा सिरहामा पत्रकार कुटिएका छन् ।

माउण्टेन टेलिभिजनका सिरहा सम्बाददाता सुरेन्द्र कामती भलुवाही चौकमा प्रहरीबाटै कुटिएका हुन् । डा. सीके राउतका कार्यकर्ताहरुले फ्रि मधेश भनेर सिरहा–चोहर्वा सडक खण्डमा तुलब्यानगर झुण्ड्याएका थिए ।

प्रहरीले उक्त ब्यानर हटाइरहेको फोटो मोवाइलमा कैद गरेपछि प्रहरीले कुटपिट गरेको पत्रकार कामतीले गुनासो गरे ।

पत्रकार कामती भन्छन्– ‘सुरुमा प्रहरीले माइबाइल खोस्न थाले । मोवाइल खोस्न नदिएपछि प्रहरीले अचानक कुटपिट गर्न थाल्यो ।’ कुटपिट गरेका प्रहरीलाई अनुहारले चिनेपनि नाम थाहा नभएको उनको भनाई छ ।

यता, सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले घटनाबारे जानकारी पाएको बताउँदै कुटपिटमा संलग्न प्रहरीलाई कारबाही गर्ने प्रतिवद्धता जनाए ।

उनले भने– ‘पत्रकारले फोटो खिच्न मिल्छ । कोही प्रहरीले जर्वजस्ती पत्रकारलाई कुटपिट गरेको हो भने कानून बमोजिम कारबाही हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.