हुलाकी न्यूज, जनकपुरधाम ११ फागुन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा जनकपुरधाम बन्द गराउन हिडेका मोर्चाका कार्यकर्ता एमालेका कार्यकर्ताबाट कुटिएका छन् ।

जनकपुर नगर बन्द गराउन मोटरसाइकल रैलीसहित हिडेका मोर्चाका कार्यकर्ताहरुलाई बारविगहा नजिकै एमालेका कार्यकर्ताहरुले कुटपिट गरेका छन् ।

सद्भावना पार्टी धनुषाका अध्यक्ष संजय सिंहले हुलाकी न्यूजलाई दिएको जानकारी अनुसार मोटरसाइकल रैलीको क्रममा एमाले नेता रघुबीर महासेठको घर नजिकैबाट एमाले कार्यकर्ताहरुले ढुँगामुढा गरेका थिए । मोर्चाका कार्यकर्ताहरुले प्रतिकार गर्दा कुटिएको सिंहले बताए ।

एमाले कार्यकर्ताको कुटाईबाट सद्भावना पार्टी रधुनाथपुर गाउँ एकाई कमिटीका अध्यक्ष राजकुमार साहको बाँया खुट्टा भाँचिएको छ भने सदभावना पार्टी निकट विद्यार्थी मञ्च धनुषाका सचिव कुलदिप साहको टाउको फुटेको छ ।
घाइते दुबै जनाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको सिंहले बताए ।

यता जनकपुर पुगेका एमाले नेता बामदेव गौतम नेता महासेठ कै घरमा घेरिएका छन् । महासेठको घर वरिपरी व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.