हुलाकी न्यूज, काठमाण्डौ 9 फागुन । सॅयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले निर्वाचनको बिरोधमा फागुन 11 गते बुधबार मधेश बन्दको आह्वान गरेको छ ।
मोर्चाको बिरोधका कार्यक्रम अनुसार मॅगलबार साॅझ मसाल जुलुस, बुधबार मधेश बन्द र बिहिबारदेखि भण्डाफोर कार्यक्रम गर्ने भएको छ ।
नेपाल सदभावना पार्टीका महासचिव सुनिल रोहितका अनुसार बिरोधका कार्यक्रम लम्बिन सक्छ । मोर्चाको थप कार्यक्रम सार्वजनिक हुन बाकी रहेको छ ।
सरकारले स्थानीय निकायको निर्वाचन बैशाख 31 गतेका लागि घोषना गरेको छ ।
यता मधेशी मोर्चाकै युवा नेताहरुले संसदबाट राजिनामा दिन मोर्चाका नेताहरुलाई आह्वान गरेका छन् । तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुरेश मण्डलसहितका नेताहरुले संसदबाट राजिनामा दिन मोर्चाका नेताहरुलाई आह्वान गरेका छन् ।
मधेश आन्दोलनको माग सम्बोधन नगरी निर्वाचन घोषणा गरेको भन्दै समाजिक सञ्जालमा मधेशीहरुले मधेश संसद गठन गर्न सुझावसमेत दिएका छन् ।




