
हुलाकी न्यूज, नयाँदिल्ली ९ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेतासमेत रहेका यादव सोमबार अपरान्ह नयाँदिल्ली आएका हुन् ।
उनी कुनै राजनीतिक भेटघाटका लागि नभई पारिवारिक कामका लागि दिल्ली आएका हुन् । उनी निकट स्रोतका अनुसार भारतको एम्स अस्पतालमा केही समय यता उपचार गराइरहेका परिवारका एक सदस्यलाई भेट्नका लागि दिल्ली आएका हुन् ।
भारत बसाईको क्रममा राजनीतिक भेटघाटसमेत हुन सक्ने स्रोतले जनाएको छ । तर, यसबारे औपचारिक जानकारी दिइएको छैन ।
सरकारले निर्वाचनको मिति घोषणा गर्ने तयारीमा लागेको बेला मोर्चाका एक घटक दलका अध्यक्ष दिल्ली आउनुलाई चाँसोको रुपमा हेरिएको छ ।



